२५ बैशाख, २०८१ मंगलबार

03:11:56 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गुराँस लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ?

२ साउन, २०७९

गुराँस लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ?

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितहरुको लागि आर्थिक वर्ष २०७६।०७७ को नयाँ बोनसदर सार्वजनिक गरेको हो ।इन्स्योरेन्सले सार्वजनिक गरेको नयाँ बोनसदरअनुसार कम्पनीले अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

कम्पनीले सावधिक बीमा योजनामा प्रति हजार न्यूनतम ३३ रूपैयाँदेखि अधिकतम ६८ रुपैयाँसम्म बोनस कायम गरेको छ । यस्तै, कम्पनीले बालबालिकाको सावधिक बीमा योजनामा प्रति हजार न्यूनतम ३३ रूपैयाँदेखि अधिकतम ६८ रुपैयाँसम्म बोनस कायम गरेको छ । सावधिक तथा आजीवन बीमा योजनामा प्रति हजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस कायम गरेको कम्पनीले जनाएको छ । त्यस्तैगरी, कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमा योजनामा प्रति हजार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ४३ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ

साथै बार्षिक नगद फिर्ता योजनामा प्रति हजार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ३८ रूपैयाँसम्म बोनस पाइनेछ । कम्पनीको गुँरास सुरक्षित भविश्य बीमा योजनामा प्रति हजार २० रूपैयाँदेखि अधिकतम ३७ रूपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ ।

यस्तो छ इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदरः