२५ बैशाख, २०८१ मंगलबार

12:56:10 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सूर्या लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा, यस्ता छन् एजेण्डा

२ साउन, २०७९

सूर्या लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा, यस्ता छन् एजेण्डा

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले साउन १९ गते बिहिबार बिराटनगरको होटेल हेरिसन प्यालेसमा सभा आह्वान गरेको हो ।

उक्त सभाले सूर्या लाइफ इन्स्योरेन्स र ज्याति लाइफ इन्स्योरेन्स एक आपसमा गाभिने सम्बन्धि विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सो विषयमा सञ्चालक समितिले गरेको निर्णय अनुमोदन गर्ने, गाभ्ने।गाभिनेसम्बन्धमा अन्य आवश्यक कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

मर्जर प्रयोजनार्थ इन्स्योरेन्सको सेयर दोस्रो बजारमा असार १३ गतेदेखि रोक्का रहेको छ । यस अनुसार असार १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सभामा सहभागि हुन सक्नेछन् ।