१८ बैशाख, २०८१ मंगलबार

05:27:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार ३०.५१ अंकको गिरावट, २ विकास बैंकको सेयरमा सकरात्मक सर्किट

२८ पुस, २०७८

सेयर बजार ३०.५१ अंकको गिरावट, २ विकास बैंकको सेयरमा सकरात्मक सर्किट

काठमाण्डौं

सेयर बजारमा बुधबार दोहोरो अंकको गिरावट आएको छ । कारोबार सुरु भएको एक घन्टामा नेप्से मापन गर्ने सूचक ३६.२७ अंकले बढेर परिसूचक २८७०.४० बिन्दुमा पुगेको थियो । तर कारोबार बन्द हुनेसम्म सेयर बजारमा ३०.५१ अंकको गिरावट आउदा नेप्से परिसूचक २ हजार ८ सय ३.६२ विन्दुमा रोकिएको छ । १.०८ प्रतिशतले घट्दा नेप्से परिसूचक २ हजार ८ सय ३.६२ विन्दुमा रोकिएको हो । मंगलबार सेयर बजार ४९.९ अंकले बढेको थियो । 

यस्तै १ करोड ६१ लख ४७ हजार ३ सय ९० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३ करोड ३२ लाख १२ हजा। ७ सय ४२ रुपैयाँको कारोबार भएको छ । यसैगरी उपसमुहतर्फ टे«डिङ ०.६५ प्रतिशत, म्यानुफ्याक्चर एण्ड प्रडक्शन ०.०९ प्रतिशत र इनभेष्टमेन्ट ३.१३ प्रतिशतले उकालो लागेका छन् भने बाँकी उपसमुहरु राताम्मे छन् । 

कम्पतीतर्फ कर्पोरेट विकास बैंक लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक शतप्रतिशतले बढेको छ भने नारायणी विकास बैंक ९.९८ प्रतिशतले बढेको छ ।