२० बैशाख, २०८१ बिहिबार

10:22:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विश्वकप क्रिकेट लिग दुई : नेपाल स्कटल्याण्डसँग पराजित

Nepal Business

१ साउन, २०७९

त्रिकोणात्क एकदिवसीय सिरिजमा नेपालले तीन खेलमा हार र एक खेलमा जीत हात पा¥यो । नेपालले पहिलो खेलमा स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो । त्यस्तै नेपाल नामिबियासँग ४० र ६३ रनले पराजित भएको थियो ।

विश्वकप क्रिकेट लिग दुई : नेपाल स्कटल्याण्डसँग पराजित

काठाडौँ,

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपाल आयोजक स्कटल्याण्डसँग पराजित भएको छ । 

स्कटल्याण्डको टिटवुड ग्लासगोमा आज आइतबार भएको खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग आठ विकेटले पराजित भएको हो । नेपालले दिएको १२९ रनको झिनो लक्ष्य स्कटल्याण्डले १९ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो ।

स्कटल्याण्डको टिटवुड ग्लासगोमा आज आइतबार भएको खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग आठ विकेटले पराजित भएको हो । नेपालले दिएको १२९ रनको झिनो लक्ष्य स्कटल्याण्डले १९ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो ।

स्कटल्याण्डका लागि कलुम म्याकलिओडेले सर्वाधिक ६४ रनको योगदान दिए । २९ बलमा उनले १० चौका र ३ छक्कासहित ६४ रनको योगदान दिएका हुन । त्यस्तै काइल कोट्जरले ४४ रन जोडे । ५२ बल खेलको उनले ७ चौकाको मद्दतमा ४४ रन जोडेका हुन । 

नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १२८ रनमा समेटिएको थियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए भने सन्दीप लामिछाने २२ रनमा आउट भए । विनोद भण्डारीले १३ रन जोड्दा देव खनाल र रोहित पौडेलले समान १०र१० रन बनाए ।

ओपनर कुशल भुर्तेल ३ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसीले समान ७ रन बनाए । आरिफ शेख शून्य रनमा आउट भए । स्कटल्याण्डका हाम्जा ताहिरले ४ तथा मार्क वाटले ३ विकेट लिए । गाभिन मेनले २ विकेट झारे । 

त्रिकोणात्क एकदिवसीय सिरिजमा नेपालले तीन खेलमा हार र एक खेलमा जीत हात पा¥यो । नेपालले पहिलो खेलमा स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो । त्यस्तै नेपाल नामिबियासँग ४० र ६३ रनले पराजित भएको थियो ।