७ मंसिर, २०८१ शुक्रबार

08:47:57 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तिलिचो तालमा विद्युत् पु¥याउँदै

Nepal Business

१ साउन, २०७९

गत वर्ष बाढीपहिराले क्षति पु¥याएको राष्ट्रिय प्रसारण लाइनको मर्मत सकिएर चार्ज भएको नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीले जानकारी दिनुभयो ।

तिलिचो तालमा विद्युत् पु¥याउँदै

मनाङ,
हिमाली जिल्ला मनाङको ३३ केभी स्यार्कु सबस्टेशनले तिलिचो तालमा विद्युत् पु¥याउने भएको छ । 

चालु आर्थिक वर्ष ०७९/०८० मा विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल बेस क्याम्प र थोराङ्ला हाई क्याम्पसम्म केन्द्रीय लाइनको विद्युत् पु¥याउने भएको हो ।

चालु आर्थिक वर्ष ०७९/०८० मा विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल बेस क्याम्प र थोराङ्ला हाई क्याम्पसम्म केन्द्रीय लाइनको विद्युत् पु¥याउने भएको हो ।

गत वर्ष बाढीपहिराले क्षति पु¥याएको राष्ट्रिय प्रसारण लाइनको मर्मत सकिएर चार्ज भएको नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीले जानकारी दिनुभयो । 

विद्युत् प्राधिकरणले तिलिचो तालसम्म विद्युत् पु¥याउने योजना पूरा गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार हालै मात्र पोल, तारलगायत सबस्टेशनमा चार्ज भएपछि विद्युत् सेवा प्रवाह भएको छ । 

“क्षति पुगेको एक वर्षपछि मर्मत भएपछि नेपाल विद्युत् प्राधिकरणको ३३ केभी सबस्टेशनमार्फत सेवा प्रवाह गरिएको छ । अब मनाङवासीलाई विद्युत्को पहुँचमा पु¥याउन सफल हुनेछौँ”, सुवेदीले भन्नुभयो ।

गत वर्षको बाढीपहिराले बिजुलीको पोल, तार पुरिनाका साथै बाढीले क्षति पु¥याएपछि जिल्लामा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । 

“नेपाल विद्युत् प्राधिकरणको ३३ केभी सबस्टेशनमा चार्ज भएको छ । अबदेखि निरन्तर विद्युत् सेवा प्रवाह हुन्छ”, उहाँले भन्नुभयो । 

लघु जलविद्युत्को भरमा रहेको हिमाली जिल्ला मनाङमा राष्ट्रिय प्रसारण लाइन पहिलो पटक चामे सदरमुकामसम्म विद्युत् सेवा प्रवाह भएको थियो । जिल्लामा पहिलो पटक विसं २०७७ मा केन्द्रीय प्रसारण लाइन जोडिएको थियो ।