९ मंसिर, २०८१ आइतबार
04:30:37 AM
१ साउन, २०७९
निर्देशिकामा ‘योगदानकर्ता घर सापटी’ अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्न योगदानकर्ताले कर्जा पाउने छन् ।
काठमाडौँ,
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षाकोषका योगदानकर्ता लक्षित ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरेको छ । श्रममन्त्री शेरबहादुर कुँवरले आइतबार सो निर्देशिका स्वीकृत गर्नुभएको हो ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा ३२ को उपदफा (१) को खण्ड (ट) तथा नेपाल सरकारले स्वीकृत गरेको सामाजिक सुरक्षाकोष लगानी कार्यविधि, २०७७ को व्यवस्थाबमोजिम उक्त निर्देशिका तयार पारिएको मन्त्रालयले जनाएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा ३२ को उपदफा (१) को खण्ड (ट) तथा नेपाल सरकारले स्वीकृत गरेको सामाजिक सुरक्षाकोष लगानी कार्यविधि, २०७७ को व्यवस्थाबमोजिम उक्त निर्देशिका तयार पारिएको मन्त्रालयले जनाएको छ ।
निर्देशिकामा ‘योगदानकर्ता घर सापटी’ अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्न योगदानकर्ताले कर्जा पाउने छन् ।
कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका, उमेर र सेवा अवधिको आधारमा अवकास हुन कम्तिमा दुई वर्ष बाँकी रहेका योगदानकर्तालाई सापटी प्रदान गरिनेछ ।
घर सापटी स्वीकृत गर्दा धितो मूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी रकम स्वीकृत हुनेछ ।
धितोका आधारमा रु ७५ लाख वा योगदानकर्ताको १५ वर्षको तलब वा योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी अवधिको तलब कर्जा पाउने निर्देशिकामा उल्लेख छ । योगदानकर्ता शैक्षिक सापटीको व्यवस्था उक्त निर्देशिकाले गरेको छ ।