१० मंसिर, २०८१ सोमबार

05:13:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा ४ लाख ८४ हजार कित्ता बोनस सेयर सूचीकृत

१ साउन, २०७९

 नेप्सेमा ४ लाख ८४ हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आइतबार नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो।

नेप्सेमा लघुवित्त कम्पनीको १९ प्रतिशत बोनस बापतको ४ लाख ८४ हजार ४ सय १२.६० कित्ता बोनस सेयर सूचीकृत भएको हो।संस्थाको वैशाख १० गते सम्पन्न भएकाे तेह्रौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे । 

सोही बोनस सेयर आज (आइतबार) नेप्सेमा सूचीकृत भएको हो । सेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यो सेयर खरिद बिक्रि गर्न सक्ने छन्  ।