२७ बैशाख, २०८१ बिहिबार

06:17:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शिखर इन्स्योरेन्सले संकलन गर्यो ५०१ करोड बीमा शुल्क

Nepal Business

१ साउन, २०७९

शिखर इन्स्योरेन्सले संकलन गर्यो ५०१ करोड बीमा शुल्क

काठमाडौं । शिखर इन्स्योरेन्सले ५०१ करोड बीमा शुल्क संकलन गर्न सफल भएको छ । यो गत आर्थिक वर्ष र यस आर्थिक वर्षको अवधिमा संकलन भएको बीमाशुल्कको तुलनामा २६ प्रतिशतले बढी भएको कम्पनीले जानकारी दिएको हो । 

कम्पनीले आर्थिक वर्ष २०७८÷७९ मा उक्त रकमको बीमा शुल्क सफल भएको हो । नेपालको निर्जिवन बीमा व्यवसायको बजार हिस्साको करिब १५ प्रतिशत हिस्सा कम्पनीले ओगटेको छ । कम्पनीले परेका कुल २२ हजार ७६८ दाबी मध्ये १९ हजार ३८५ दाबीहरुको कुल करिब ३०० करोड रुपैयाँको दाबी व्यवस्थापन गरेको छ ।
कम्पनीले नेपालको बिकट जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ, दैलेख, डोटी, डोल्पा जस्ता बिकट जिल्ला सहित कुल ११० शाखा मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले सम्पुर्ण बीमितको भरोसाको केन्द्र भएका कारण शिखर नेपालमा भएका निर्जिवन बीमा कम्पनीहरु मध्ये सबै भन्दा बढी बीमाशुल्क आर्जन गर्ने कम्पनी बन्न सफल भएको बताउनुभयो । 

कम्पनीले वि.स. २०७१, २०७३, २०७४, २०७६ सालमा न्यु बिजनेश ऐज संस्थाबाट बेस्ट म्यानेजड इन्स्योरेन्स कम्पनी पुरस्कार प्राप्त गर्नुको साथै २०१८ मा सर्वोत्कृष्ट निर्जीवन बीमा कम्पनीको  र कारोबार उत्कृष्टता पुरस्कारू प्राप्त गरिसकेकको छ ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई इक्रा नेपालले ए रेटिङ्ग दिएको छ । यो मूल्याङ्कनले वित्तीय दायित्वहरुको सुरक्षाको लागी पर्याप्त डिग्री मानिन्छ । हालसम्म शिखर इन्स्योरेन्स मात्र एक निर्जीवन बीमा कम्पनी हो जसले यो रेटिङ्ग प्राप्त गरेको छ ।

कम्पनी नेपालको निर्जिवन बीमा क्षेत्रमा पहिलोपटक ५०१ करोड बीमा शुल्क संकलन गर्न पनि सफल भएको छ ।