१० मंसिर, २०८१ सोमबार
05:29:15 AM
१ साउन, २०७९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता २ सय ७१ रूपैयाँ ५० पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आज (आइतबार) को अन्तिम कारोबार मूल्य ४ सय ४३ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
कम्पनीले चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १०० प्रतिशत अर्थात् १ः१ को अनुपातमा २६ करोड ७९ लाख ७ हजार ५ सय रूपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्कासन गर्न असार १५ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको थियो । कम्पनीको हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।