१० मंसिर, २०८१ सोमबार
05:34:04 AM
१ साउन, २०७९
काठमाडौं । नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ। आइतबार सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टका तर्फबाट संचालक आदित्य संघाईले हस्ताक्षर गर्नुभएको छ ।
घोराही सिमेन्टले ७९ लाख ४३ हजार ८०१ कित्ता सेयरको परल मूल्यमा १०० रुपैयाँमा प्रिमियमबापत ३३५ रुपैयाँ थप गरी प्रतिकित्ता ४३५ रुपैयाँको दरले ३ अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४३५ रुपैयाँको आईपीओ निष्कासन गर्न लागेको हो ।