१० मंसिर, २०८१ सोमबार

05:05:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालु आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा सामान्य वृद्धि, कारोबार कम

Nepal Business

१ साउन, २०७९

आइतबार १ अर्ब २३ करोड २४ लाख ८८ हजार ८३ रुपैयाँको कारोबार

चालु आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा सामान्य वृद्धि, कारोबार कम

काठमाण्डौं । चालु आर्थिक वर्षको पहिलो दिन आइतबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार १.९३ अंकले बढेर नेप्से परिसूचक २ जार ११.३९ विन्दुमा पुगेर बन्द भएको छ । 

सेयर कारोबार पनि कम छ । आज १ अर्ब २३ करोड २४ लाख ८८ हजार ८३ रुपैयाँको कारोबार भएको छ भने ३० लाख ४५ हजार ८८९ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै उपसमुहहरुमा बैंकिङ ०.६३ प्रतिशत, टे«डिङ ०.४२ प्रतिशत, म्यानुफ्याक्चर र उत्पादन ०.८६ प्रतिशत, लाईफ इन्स्योरेन्स ०.१६ प्रतिशत र इन्भेष्टमेन्ट ०.९१ प्र्रतिशतले बढेका छन्। 

कम्पनीहरुमा राधी विद्युत कम्पनी ५.४८ प्रतिशत, प्रभु बैंक ४.७३ प्रतिशत, नयाँ सारथी लघुवित्त वित्तीय संस्था ४.४३ र कुमारी बैंक ४.१९ प्रतिशतले बढेका छन् ।