१० मंसिर, २०८१ सोमबार

05:39:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार झिनो अंकले बढ्दा आइतबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

१ साउन, २०७९

सेयर बजार झिनो अंकले बढ्दा आइतबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । नयाँ आर्थिक वर्ष २०७९।८० को पहिलो कारोबारको दिन  आइतबार सेयर बजार झिनो अंकको बढेको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै लगानीकर्ताहरुमा मौद्रिक नीति कस्तो आउने उत्सुकता थपिएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.९३ अकंले बढेर २०११.३९ बिन्दुमा बन्द भएको छ । यस दिन २१० कम्पनीको ३० लाख ४५ हजार ८८९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २३ करोड २४ लाख ८८ हजार ८२ रुपैयाँको कारोबार भएको छ ।

आइतबार १ अर्बमाथिको कारोबार हुँदा अपर तामाकोशीको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको यस दिन ६ करोड ४ लाख ६६ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै,  आइतबार हिमालयन डिस्टलरीको ४ करोड ७६ लाख ५८ हजार रुपैयाँ, अरुण काबेली पावरको ४ करोड ६५ लाख ४७ हजार रुपैयाँ, एनआईसी एशिया बैंकको ४ करोड ५६ लाख ३० हजार रुपैयाँ र नेपाल टेलिकमको ४ करोड ४६ लाख ४ हजार रुपैयाँको कारोबार भएको छ ।