७ मंसिर, २०८१ शुक्रबार

08:44:04 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ङादी ग्रुपले साउन १८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने, क-कसले दिन पाउँछन् आवेदन ?

१ साउन, २०७९

ङादी ग्रुपले साउन १८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने, क-कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले साउन १८ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१.५ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा १५० प्रतिशतले हुन आउने एक करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले हकप्रद प्रयोजनका लागि असार २० गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, असार १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको उक्त हकप्रदमा भदौ ७ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । मेरो सेयरबाट पनि हकप्रद भर्न सकिन्छ ।