७ मंसिर, २०८१ शुक्रबार
08:40:42 PM
१ साउन, २०७९
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पनि नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
आइओसीले पन्ध्र।पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ ।शनिबार आइओसीले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो।
निगमका अनुसार शनिबार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ । यसअघि भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि पेट्रोलको मूल्य बढ्ने गरेको थियो । अहिले भारतबाट मूल्य घटेर आएकाले नेपालमा पनि घट्ला भन्ने आशा छ ।