१० मंसिर, २०८१ सोमबार

05:22:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा थप २ बीमा कम्पनीको कारोबार रोक्का

१ साउन, २०७९

नेप्सेमा आइतबारदेखि अजोड इन्स्यो‍‍रेन्स कम्पनी लिमिटेड र प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार रोक्का भएको हो ।

नेप्सेमा थप २ बीमा कम्पनीको कारोबार रोक्का

काठमाडौं । आजभोलि दोस्रो बजारमा दिनहुँ जसो कुनै न कुनै कम्पनीको सेयर कारोबार रोक्का भइरहेको छ । बीमा समितिको निर्देशन अनुसार बीमा कम्पनीबीच मर्जरमा जाँदा हरेकदिन नेप्सेमा बीमा कम्पनीको कारोबार रोक्का भइरहेको छ । आज (आइतबार) पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप २ कम्पनीको कारोबार रोक्का भएको छ । नेप्सेमा आइतबारदेखि अजोड इन्स्यो‍‍रेन्स कम्पनी लिमिटेड र प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार रोक्का भएको हो ।

अजोड इन्स्यो‍‍रेन्स र प्रभु इन्स्योरेन्सबीच हिजो (शनिबार) मर्जर सम्झौता भएको थियो । यी २ कम्पनीबीच १००ः७० को अनुपातमा मर्जर सम्झौता भएको हो । मर्जर पश्चात् बन्ने कम्पनीको नाम प्रभु इन्स्योरेन्स नै रहने सहमति गरिएको छ ।

हाल प्रभुको चुक्ता पूँजी एक अर्ब २८ करोड रुपैयाँ र अजोडको एक अर्ब रुपैयाँ रहेको छ । सहमति अनुसारको  स्वाप रेसियोका आधारमा मर्जर पछिको कम्पनीको चुक्ता पूँजी एक अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।