७ मंसिर, २०८१ शुक्रबार
08:41:36 PM
१ साउन, २०७९
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज (साउन १ गते, आइतबार) अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि भोलि (साउन २ गते, सोमबार) बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, साउन १ गते, आइतबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १०० प्रतिशत अर्थात् १ः१ को अनुपातमा २६ करोड ७९ लाख ७ हजार ५ सय रूपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्कासन गर्न असार १५ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको थियो ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि आरविवि मर्चेन्ट एण्ड बैंकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।