२७ बैशाख, २०८१ बिहिबार

06:01:56 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमालयन एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

१ साउन, २०७९

यी दुवै कम्पनीको गत असार २ गते सम्पन्न विशेष साधारणसभाबाट मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया पारित भएका थिए ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी मर्जर भई आज (आइतबार) बाट औपचारिक रुपमा एकीकृत कारोबार सुरु भएको छ । यी दुई कम्पनी मर्जरपछी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा आज (साउन १ गते, आइतबार) देखि एकिकृत कारोबार सुरु भएको हो । कम्पनीले आज (आइतबार) एक कार्यक्रम गरी एकिकृत कारोबार सुरू गरेको हो ।

यी दुई कम्पनी १००ः०.८५ को अनुपातमा मर्ज भएका हुन् । यसकोअर्थ एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता सेयर हुनेले हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता सेयर प्राप्त गर्नेछन् ।

यी दुवै कम्पनीको गत असार २ गते सम्पन्न विशेष साधारणसभाबाट मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया पारित भएका थिए । बीमा समितिले यी दुवै कम्पनीको मर्जरलाई गत असार ९ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेको थियो । मर्जरपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।