७ मंसिर, २०८१ शुक्रबार
09:10:29 PM
१ साउन, २०७९
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । हाइड्रोपावर कम्पनीले साउन ९ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ करोड ७६ लाख ७३ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५८ हजार ८०३ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १० लाख ९३ हजार ७४९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्तासम्मका लागि छिटोमा साउन १२ गतेसम्म ढीलोमा साउन २३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
केयर नेपालले कम्पनीको आईपीओलाई ‘केयर एनपी– बीबी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा औषत जोखिम रहेको देखाउँछ ।