१० मंसिर, २०८१ सोमबार
05:31:03 AM
३१ असार, २०७९
सबै भन्दा धेरै कारोबार २०७८ साउन ३१ गते भएको थियो । त्यस दिन २१ अर्ब ६४ करोड ७६ लाख बराबरको कारोबार भएको थियो ।
काठमाडौँ,
आर्थिक वर्ष ७८/७९ मा नेप्से सूचक ८७३.९२ अंकले घटेको छ । आर्थिक वर्ष ७७/७८ को अन्तिम दिन नेप्से सूचक २८८३.३८ को बिन्दुमा रहेको थियो ।
तर आज शुक्रबार यस आर्थिक वर्षको कारोबारको अन्तिम दिनको कारोबार पश्चात नेप्से सूचक २००९.४६ को बिन्दुमा रहेको छ ।
तर आज शुक्रबार यस आर्थिक वर्षको कारोबारको अन्तिम दिनको कारोबार पश्चात नेप्से सूचक २००९.४६ को बिन्दुमा रहेको छ ।
यस आर्थिक वर्ष कुल २३२ दिन शेयर कारोबार भएको छ । यी दिनमा कुल ११ खर्ब ७९ अर्ब २६ करोड ८८ लाख ५९ हजार ९९ रुपैयाँको शेयर कारोबार भएको छ ।
समग्र बजार पुँजीकरणको हिसाबमा लगानीकर्ता सम्पति ११ खर्ब ५२ अर्बले घटेको देखिएको छ ।
सबै भन्दा धेरै कारोबार २०७८ साउन ३१ गते भएको थियो । त्यस दिन २१ अर्ब ६४ करोड ७६ लाख बराबरको कारोबार भएको थियो । सो दिन सूचक ३१५४.०३ को बिन्दुमा रहेको थियो ।
त्यस्तै सबै भन्दा कम कारोबार २०७९ असार ३ गते शुक्रबार भएको थियो । त्यस दिन ७३ करोड ६३ लाख १२ हजारको कारोबार भएको थियो । त्यस दिन सूचक १९७१.३८ को बिन्दुमा पुगेको थियो ।
यस आर्थिक वर्षमा २०७८ भदौ २ गते नेप्से सूचक सबैभन्दा उच्च बिन्दुमा पुगेको थियो । त्यस दिन सूचक ३१९८.६० को बिन्दुमा पुगेको थियो । सो नै हालसम्म कै उच्च बिन्दु हो ।
त्यस दिन २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार बराबरको कारोबार भएको थियो ।