१० मंसिर, २०८१ सोमबार

05:18:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा ६ कम्पनीको सेयर सूचीकृत, कुनको कति ?

३१ असार, २०७९

नेप्सेमा ६ कम्पनीको सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता विभिन्न ६ कम्पनीको सेयर सूचीकृत भएको छ । नेप्सेमा असार २६ गतेदेखि असार ३१ गतेसम्म विभिन्न ६ कम्पनीको सेयर सूचीकृत भएको हो ।

१) निर्धन उत्थान लघुवित्त

नेप्सेमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २९.५० प्रतिशत बापतको ५० लाख २५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबााट सेयरधनीहरुलाई चुक्तापूँजीको २९.५० प्रतिशत बोनस सेयर र १.५५२६ प्रतिशत नगद गरी कुल ३१.०५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२) आरम्भ चौतारी लघुवित्त

नेप्सेमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको १९.६२ प्रतिशत बापतको ६ लाख २ हजार २०२.६१ कित्ता सेयर सूचीकृत भएको हो ।

३) मिथिला लघुवित्त

नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस सेयर बापतको ३ लाख ४० हजार ८७४ .३५७५ कित्ता सेयर सूचीकृत भएको हो । लघुवित्तले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांश गरी कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

४) स्वाबलम्बन लघुवित्त

नेप्सेमा स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको १९ प्रतिशत बोनस सेयर बापतको १७ लाख ९१ हजार ७ सय कित्ता सेयर सूचीकृत भएको हो । लघुवित्तले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

५) दोर्दी खोला जलविद्युत

दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको कूल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो ।

६) अपि पावर कम्पनी

नेप्सेमा अपि पावर कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीको ३९.२६३३ प्रतिशत हकप्रद सेयर बापतको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।