१० मंसिर, २०८१ सोमबार
05:03:10 AM
३१ असार, २०७९
काठमाडौं । नागरिक लगानी कोषले २०७९ साउन १ गतेदेखी लागु हुने सहभागीहरुलाई प्रदान गर्ने व्याजदर परिवर्तन गरेको छ । कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा दिँदै आएको ६.५ प्रतिशतको व्याजदरलाई वृद्धि गरी ८ प्रतिशत पुर्याएको छ भने ८० प्रतिशत विशेष ऋण सापटीको व्याजदर ९.५ प्रतिशत निर्धारण गरेको छ ।
त्यसैगरी कोषले साउन १ देखी लागु हुनेगरी आवास कर्जाको व्याजदर १० प्रतिशत, शैक्षिक कर्जामा १०,सवारी कर्जामा १०.५ र सरल कर्जामा १०.५ प्रतिशत, उपदान कोष र लगानीकर्ता हिसाव योजनामा ७.५ प्रतिशत, नागरिक एकांक योजनामा ९ प्रतिशत व्याज रकम प्रदान गर्ने निर्णय गरेको छ ।
कोषले बीमा तर्फका सबै कार्यक्रमहरुमा वार्षिक ७.५ प्रतिशत व्याज प्रदान गर्ने निर्णय गरेको छ । कोषले बीमा कार्यक्रम अन्तर्गत निजामती, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, सामुदायिक विद्यालयको शिक्षक सहितका राष्ट्रसेवक कर्मचारीहरुको कार्यक्रम संचालनका लागि बीमा शुल्क संकलनको कार्य गर्दे आएको छ ।
राष्ट्र सेवक कर्मचारीहरुबाट आगामी बर्षको लागि आवश्यक पर्ने बीमा शुल्क कोषमा मौज्दात वा संकलन भएको अवस्थामा सम्बन्धित राष्ट्रसेवक कर्मचारीको बीमा राष्ट्रिय बीमा संस्थानमा गरिदिने व्यवस्था कोषले मिलाएको छ ।