२७ बैशाख, २०८१ बिहिबार

03:03:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मेटलाइफ ‘विश्वका प्रशंसनीय कम्पनी’हरुको सूचीमा

Nepal Business

३१ असार, २०७९

मेटलाइफ ‘विश्वका प्रशंसनीय कम्पनी’हरुको सूचीमा

काठमाण्डौं । मेटलाइफ कम्पनी ‘विश्वका प्रशंसनीय कम्पनी’हरुको सूचीमा परेको छ । फर्च्युन म्यागजिनद्वारा २०२२ का लागि मेटलाइफ कम्पनी ‘विश्वका प्रशंसनीय कम्पनी’हरुको सूचीमा परेको हो ।

सर्वोत्तम मानिएका कम्पनीहरुको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरु समावेश गरिएको थियो ।

मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मिशेल खलाफले आफ्नो कम्पनी जीवन बीमा उद्योगमा सबैभन्दा प्रशंसनीय कम्पनीहरुमध्ये एक भएकोमा खुसी व्यक्त गर्नुभयो । 

साथै उहाँले फर्च्युनद्वारा प्रदान गरिएको यो मान्यताको श्रेय कर्मचारीमा जाने बताउनुभयो । 

सन २००१ देखि नेपालमा अमेरिकी लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रुपमा संचालन भइरहेको छ ।

मेटलाइफले नेपालमा व्यक्तिगत ग्राहक तथा व्यवसायहरुलाई जीवन बीमा, दुर्घटना एवं स्वास्थ्य बीमा प्रदान गरिरहेको छ ।