१० मंसिर, २०८१ सोमबार
05:24:52 AM
३१ असार, २०७९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेप्सेमा प्रभु लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको हो । प्रभु र महालक्ष्मी लाइफबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता भएपछि नेप्सेले कारोबार रोक्का गरेको हो ।
बिहीबार मर्जर सम्बन्धी सम्झौता पत्रमा प्रभु लाइफको तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुवास अमात्य र महालक्ष्मी लाइफको तर्फबाट सञ्चालक समितिका अध्यक्ष मनोरञ्जन राज शर्माले हस्ताक्षर गर्नुभएको थियो ।