१० मंसिर, २०८१ सोमबार

05:09:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार ७.९३ अंकले बढ्यो, दुई कम्पनीमा सर्किट ब्रेक

Nepal Business

३१ असार, २०७९

सेयर बजार बढ्दा १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३३ रुपैयाँको कारोबार

सेयर बजार ७.९३ अंकले बढ्यो, दुई कम्पनीमा सर्किट ब्रेक

काठमाण्डौं । यस साता लगातार चार दिन सेयर बजार बढेको छ । कारोबारको अन्तिम शुक्रबार सेयर ७.९३ अंकले बढेको हो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ७.९३ अंकले बढ्दा नेप्से परिसूचक २ हजार ९.४६ विन्दुमा पुगेर बन्द भएको छ । 

सेयर बजार बढ्दा १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३३ रुपैयाँको कारोबार भएको छ भने ४० लाख ५१ हजार ७७१ कित्ता सेयर किनबेच भएका छन् ।  

यस्तै उपसमुहहरुमा बैंकिङ १.३८ प्रतिशत, विकास बैंक ०.१५ प्रतिशत, माइक्रो फाइनान्स १.५७ प्रतिशत, लाईफ इन्स्योरेन्स ०.३९ प्रतिशत र म्युचल फण्ड १.४९ प्रतिशतले बढेका छन् भने बाँकी घटेका छन् । 

कम्पनीहरुमा १०.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट डिभेञ्चर २०८२ र १०.२५ प्रतिशत माछापुच्छ्रे बैंक डिभेञ्चर २०८५ मा सकरात्मक सर्किट ब्रेक लागेको छ भने १० प्रतिशत सानिमा डिभेञ्चर ९.९८ प्रतिशत, नबिल ब्यालेन्स फण्ड–३ ९.९१ प्रतिशत र ११ प्रतिशत एनआईसी एशिया डिभेञ्चर ९.८८ प्रतिशतले बढेका छन् ।