२७ बैशाख, २०८१ बिहिबार

07:58:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अजोड इन्स्योरेन्स र कुमारी क्यापिटलबीच सेयर रजिष्ट्रारको सम्झौता

३१ असार, २०७९

अजोड इन्स्योरेन्स र कुमारी क्यापिटलबीच सेयर रजिष्ट्रारको सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार सम्बन्धमा सम्झौता भएको छ । बिहीबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच अजोड  इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अश्विन बाबु श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि इन्स्योरेन्स कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरिएको हो । अब कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण काम कुमारी क्यापिटल लिमिटेडले गर्ने छ ।