७ मंसिर, २०८१ शुक्रबार
08:44:45 PM
३१ असार, २०७९
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमीटेडले १ः१ को दरले हकप्रद सेयर जारी गर्ने भएको छ । हाईड्रोपावर कम्पनीको आज (शुक्रबार ) बसेको संचालक समितिको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । बैठकले हाल कायम रहेको चुक्ता पुँजिको १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्न प्रस्ताव साधारण सभामा पेश गर्ने जनाएको छ।
कम्पनीले आफ्नो १४ औ वार्षिक साधारणसभामा मार्फत हकप्रद स्वीकृतिको लागि प्रस्ताव पेश गर्ने निर्णय भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठले बताउनुभयो ।
विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र हकप्रद सेयर निश्कासन हुनेछ। हाल यो कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रहेको छ ।