१० मंसिर, २०८१ सोमबार

05:11:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

प्रतिमा मुडभरी

३० असार, २०७९

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) दुई लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बिहीबार मिथिला लघुवित्त वित्तीय संस्था र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

१) मिथिला लघुवित्त वित्तीय संस्था

नेप्सेमा मिथिला लघुवित्तको २५ प्रतिशत बोनस सेयर बापतको ३ लाख ४० हजार ८७४.३५७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

२) आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था

 नेप्सेमा आरम्भ चौतारी लघुवित्तको १९.६२ प्रतिशत बोनस सेयर बापतको ६ लाख २ हजार २०२।६१ कित्ता बोनस सेयर सूचीकृत भएको हो  दुबै लघुवित्तको बोनस सेयर सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।