७ मंसिर, २०८१ शुक्रबार

05:12:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार १४.७१ अंकले बढ्यो, नेप्से परिसूचक २ हजार विन्दुमा पुग्यो

Nepal Business

३० असार, २०७९

सेयर बजार बढ्दा २ अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ रुपैयाँको कारोबार

सेयर बजार १४.७१ अंकले बढ्यो, नेप्से परिसूचक २ हजार विन्दुमा पुग्यो

काठमाण्डौं । सेयर बजार बिहीबार पनि बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार १४.७१ अंकले बढेर नेप्से परिसूचक २ हजार १.५३ विन्दुमा पुगेर बन्द भएको छ । 

सेयर बजार बढ्दा २ अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ रुपैयाँको कारोबार भएको छ भने ६२ लाख १० हजार ९०८ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै सबै उपसमुहहरु पनि बढेका छन् । सबैभन्दा धेरै हाइड्रोपावार २.०४ प्रतिशतले बढेको छ ।

कम्पनीहरुमा एनआईबील प्रगति फण्ड ९.९८ प्रतिशत, प्रभु सेलेक्ट फण्ड ७.९७ प्रतिशत, अपर तामाकोशी हाइड्रोपावर ७.१४ प्रतिशत, नबिल ब्यालेन्स फण्ड–२ ६.९० प्रतिशत र रिर्भर फल्स ६.३९ प्रतिशतले बढेका छन् ।