१६ कार्तिक, २०८१ शुक्रबार
09:13:28 PM
३० असार, २०७९
काठमाडौं । बिहीबार पनि सेयर बजार बढेको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.७१ अकंले बढेर २००१.५३ बिन्दुमा कायम भएको छ । यस दिन नेप्सेमा सूचीकृत ६२ लाख १० हजार ९०८ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ रुपैयाँको कारोबार भएको छ । सेयर बजार बढेसँगै बिहीबार सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको ३० करोड १८ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, अपर तामाकोशी, एशियन लाइफ, शिवम् सिमेन्ट्स, हिमालयन डिष्टिलरी, स्टान्डर्ड च्याटर्र बैंक, नेपाल एसबिआई बैंक, ग्रामीण विकास बैंक, अरुण काबेली र नबिल बैंकको सर्वाधिक कारोबार भएको छ ।