७ मंसिर, २०८१ शुक्रबार

08:53:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आईपीओ निष्काशनको अनुमति माग्दै दुई कम्पनीले धितोपत्र बोर्डमा दिए निवेदन, कुनको कति ?

३० असार, २०७९

आईपीओ निष्काशनको अनुमति माग्दै दुई कम्पनीले धितोपत्र बोर्डमा दिए निवेदन, कुनको कति ?

काठमाडौं । आईपीओ निष्काशनको अनुमति माग्दै दुई कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन्। धितोपत्र बोर्ड आईपीओ निष्काशनको अनुमति माग्दै सानिमा मिडिल तमोर र सुपर मादी हाइड्रोपावरले आवेदन दिएका हुन्।

बोर्डले अनुमति दिएमा सानिमा मिडिल तमोरले १०० अंकित दरका कुल ८३ लाख ३१ हजार २५० कित्ता र सुपर मादी हाइड्रोपावरले १०० अंकित दरका कुल ३१ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने छन् । यी दुवै कम्पनीको धितोपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।