७ मंसिर, २०८१ शुक्रबार

05:16:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा थप ४ कम्पनीको सेयर कारोबार रोक्का

३० असार, २०७९

नेप्सेमा थप ४ कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप ४ बीमा कम्पनीको कारोबार रोक्का भएको छ । नेप्सेमा सानिमा जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको हो । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इस्योरेन्स आपसमा मर्जरमा जाने सम्झौता भएको हो । उक्त सम्झौतासँगै दुवै कम्पनीको कारोबार रोक्का भएको हो ।

त्यस्तै, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिनका लागि प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको छ । दुवै कम्पनी गाभिने भएपछि सेयर कारोबार रोक्का भएको छ ।  यी कम्पनीहरुले मर्जरमा गए लगत्तै सेयर कारोबार रोक्का गरिदिन नेप्सेलाई अनुरोध गरेका छन् ।