२७ बैशाख, २०८१ बिहिबार

01:04:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कहिले हुन्छ कोरोना बीमाको दावी भुक्तानी ?

Nepal Business

३० असार, २०७९

कहिले हुन्छ कोरोना बीमाको दावी भुक्तानी ?

काठमाण्डौं । कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेका समयमा बीमा समितिले २०७७ जेठदेखि महामारीको बीमा कार्यक्रम सञ्चालन ल्यायो । कोरोना बीमाका लागि बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ जारी गर्यो ।

सो समयमा कारोना महामारीको संक्रमण तिव्र रुपमा फैलिरहेको थियो । लाखौ संक्रमण भए र हजारौले ज्यान गुमाए । 

बीमा मापदण्ड अन्तर्गत २०७७÷७८ मा १ लाख १४ हजार ६ सय ३३ जनाको बीमा दाबी वापतको अनुमानित १० अर्ब ९७ करोड ७३ लाख रुपैयाँ रहेकोमा ७७ हजार ६ सय ३२ जनाको ४ अर्ब ६२ लाख भुक्तानी भएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार दावी मध्ये ३७ हजार एक जनाको ६ अर्ब १६ करोड ६२ लाख रुपैयाँ अझै भुक्तानी हुन सकेको छैन ।

बाँकी दावी भुक्तानी निर्देशिकाको व्यवस्था अनुसार अब नेपाल सरकारले सो दायित्व पूरा गर्नुपर्ने देखिन्छ । सरकारले पनि बारम्बार कोरोना बीमाको दावी भुक्तानी गर्ने आश्वासन दिँदै आएको छ ।