२६ बैशाख, २०८१ बुधबार

03:12:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सानिमा र जनरल इन्स्योरेन्सबीच मर्जरमा जाने सम्झौता

३० असार, २०७९

सानिमा र जनरल इन्स्योरेन्सबीच मर्जरमा जाने सम्झौता

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने सम्झौता भएको छ ।  दुई कम्पनीबीच बुधबार एक आपसमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको हो ।

उक्त सम्झौतापत्रमा सानिमा जनरल इन्स्योरेन्सका अध्यक्ष खेम राज लामिछाने र जनरल इनस्योरेन्सका अध्यक्ष कुनाल कयालले हस्ताक्षर गर्नुभएको छ । हाल सानिमा जनरलको चुक्ता पूँजी १ अर्ब रुपैयाँ र जनरल इन्स्योरेन्सको पनि चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । १ः१ को अनुमातमा मर्जरमा गए मर्जर पश्चात बन्ने कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।