७ मंसिर, २०८१ शुक्रबार
09:11:01 PM
३० असार, २०७९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) दोर्दी खोला जलविद्युत कम्पनीको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको सेयर प्रतिकित्ता ३०७ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो।
बुधबार कम्पनीको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीको आईपीओलाई पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम १०२.३९ रुपैयाँदेखि अधिकतममा ३०७.१७ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो। सोही अनुसार बिहीबार कम्पनीको सेयर कारोबार भएको हो। कम्पनीको शेयरलाई नेप्सेले डिओआरदीआई कारोबार संकेत प्रदान गरेको छ।