२७ बैशाख, २०८१ बिहिबार

04:37:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता

३० असार, २०७९

 सगरमाथा  इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता

काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने प्रारम्भिक समझदारी भएको छ। यी दुई इन्स्योरेन्स कम्पनीबीच आज (असार ३० गते बिहीबार) बिहान मर्जरमा जाने प्रारम्भि समझदारी भएको हो।

समझदारीपत्रमा सगरमाथा इन्स्योरेन्सका तर्फबाट सञ्चालक लोकमान्य गोल्छा र लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट सञ्चालक अरुणराज श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

हाल सगरमाथा इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब ३३  करोड रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सको १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। यी दुई इन्स्योरेन्स कम्पनीबीच १ः१ सेयर स्वाप अनुपातमा मर्जर भएमा बीमा समितिले तोकेको चुक्तापुँजी सजिलै पुग्ने देखिन्छ। समान हैसियतमा मर्जर भएमा चुक्तापुँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ। मा मर्जर भएमा चुक्तापुँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ।