७ मंसिर, २०८१ शुक्रबार
08:30:06 PM
३० असार, २०७९
काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड कम्पनीको आईपीओ बाँडफाँड गरीएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज (असार ३० गते बिहीबार) आईपीओ बाँडफाँड भएको हो।
कम्पनीले असार २० गतेदेखि असार २३ गतेसम्म सर्वसाधारणको लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको थियो। आईपीओमा १४ लाख ४६ हजार ९८५ आवेदकबाट कुल १ करोड ६१ लाख ८६ हजार ५५० कित्ता सेयर माग भएको थियो। सोमध्ये १ हजार ७९१ जनाको आवेदन रद्द भएको छ भने बाँकी १४ लाख ४५ हजार १९४ आवेदन स्वीकृत भएका छन्।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख ८२ हजार ४७ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। सोमध्ये पनि भाग्यमानी ५ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ता सेयर प्राप्त गरेका छन्।
यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। आईपीओको अन्तिम नतिजा बिक्रि प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/, सिडीएससीको मेरोसेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र अपर सोलु हाइड्रो कम्पनीको वेबसाइट https://ushec.com.np/ बाट हेर्न सकिने छ ।