२१ बैशाख, २०८१ शुक्रबार

03:48:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आईसीसी क्रिकेटमा स्कटल्याण्डमाथि नेपालको सानदार जित, पाँचौ स्थानमा उक्लियो

Nepal Business

३० असार, २०७९

बलरहरुको उत्कृष्ट प्रदर्शनपछि आसिफ शेखले ब्याटिङमा अर्धशतक प्रहार गरे ।

आईसीसी क्रिकेटमा स्कटल्याण्डमाथि नेपालको सानदार जित, पाँचौ स्थानमा उक्लियो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुमा  नेपालले सानदार जित हासिल गरेको छ। 

ग्लास्कोमा  स्कटल्याण्डमाथि जितका लागि पाएको १४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा  ५ विकेट गुमाएर भेट्टायो । यसअघि नेपालले लिस्ट ए खेलमा स्कटल्याण्डलाई हराउन सकेको थिएन ।

ग्लास्कोमा  स्कटल्याण्डमाथि जितका लागि पाएको १४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा  ५ विकेट गुमाएर भेट्टायो । यसअघि नेपालले लिस्ट ए खेलमा स्कटल्याण्डलाई हराउन सकेको थिएन ।

बलरहरुको उत्कृष्ट प्रदर्शनपछि आसिफ शेखले ब्याटिङमा अर्धशतक प्रहार गरे । यसअघि नेपालले लिस्ट ए खेलमा स्कटल्याण्डलाई हराउन सकेको थिएन । बलरहरुको उत्कृष्ट प्रदर्शनपछि आसिफ शेखले ब्याटिङमा अर्धशतक प्रहार गरे ।

शेखले उत्कृष्ट ब्याटिङ गर्दै ७१ रन बनाए । त्यसक्रममा ६२ बल खेलेका उनले १० चौका र १ छक्का हाने ।

आसिफले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ४७ रनको साझेदारी गरे । यस्तै दोस्रो विकेटका लागि देव खनालसँग ३० तथा तेस्रो विकेटका लागि रोहित पौडेलसँग ४८ रनको साझेदारी गरे । कुशल भुर्तेलले २७ बलमा २७ रन बनाए । देव खनाल ४ रनमा आउट भए ।

दीपेन्द्र सिंह ऐरीको खराब लयले निरन्तरता पाउँदा उनी ३ रनमा आउट भए । आरिफ शेख १ रनमा आउट भए । उपकप्तान रोहित पौडेलले अविजित ३४ रन जोडे । उनले ३१ बल खेल्दै चार चौका प्रहार गरे । स्कटल्याण्डका गेभिन मेइनले ३ विकेट लिए ।
जितपछि नेपाल १८ खेलबाट १७ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ । २२ खेलबाट ३० अंकसहित स्कटल्याण्ड दोस्रो स्थानमा छ ।