७ मंसिर, २०८१ शुक्रबार
04:54:17 PM
२९ असार, २०७९
काठमाडौं । साताको चौथौ दिन बुधबार सेयर बजारमा हरीयाली छाएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५९.५४ अकंले बढेर १९८६.८२ बिन्दुमा बन्द भएको छ । बुधबार नेप्सेमा सेयर बजारमा हरीयाली छाउँदा शिवम् सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको यस दिन ९ करोड २ लाख ९५ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, बुधबार एनआईसी एशिया बैंक,नेपाल बैंक, हिमालयन डिष्टिलरी, अरुण काबेली पावर, नेपाल टेलिकम, सिभिल बैंक, लक्ष्मी बैंक, नबिल बैंक र सिद्धार्थ बैंकको सर्वाधिक कारोबार भएको छ।