१० मंसिर, २०८१ सोमबार
09:47:26 PM
२९ असार, २०७९
सेयर बजार बढ्दा २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँको कारोबार
काठमाण्डौं । कारोबारको तेस्रो दिन बुधबार पनि सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ५९.५४ अंकले बढेर नेप्से परिसूचक १ हजार ९ सय ८६.८२ विन्दुमा बन्द भएको छ ।
आज कारोबार पनि बढेको छ । मंगलबार सेयर बजार बढे पनि कारोबार भने घटेको थियो । सेयर बजार बढ्दा २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँको कारोबार भएको छ भने ५७ लाख ८७ हजार १२६ कित्ता सेयर किनबेच भएका छन् ।
यस्तै सबै उपसमुहरु बढेका छन् । कम्पनीतर्फ नेपाल फाइनान्स र रिलाइन्स फाइनान्समा सर्किट ब्रेक लागेको छ भने सिईडीबी हाइड्रोपावर विकास कम्पनी ९.९० प्रतिशत र कर्पोरेट विकास बैंक ९.८२ प्रतिशतले बढेका छन् ।