७ मंसिर, २०८१ शुक्रबार
05:18:00 PM
२९ असार, २०७९
काठमाडौं । लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले १० कित्ते नीति खारेज गर्नुपर्ने बताउनुभएको छ । बुधबार चार्टर्ड एकाउन्टेन्स संघ(एक्यान)ले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘१० कित्ता नीति खारेज गर्नुपर्छ, यो जोखिमको क्षेत्र हो, आरक्षण दिएर मात्र बजारको विकास हुँदैन ।’त्यस्तै उहाँले नेपाल राष्ट्र बैंकको नीतिले सेयर बजारलाई अस्थिर बनाएको पनि बताउनुभएको छ । साथै पौडेलले नेपाली अर्थतन्त्र श्रीलंकाको जस्तै हुने भन्दै केही विश्लेषकले अनावश्यक रुपमा हल्ला चलाएको भन्दै असन्तुष्टी व्यक्त गर्नुभएको छ ।