७ मंसिर, २०८१ शुक्रबार

04:57:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा दोर्दी खोला जलविद्युतकोे आइपीओ सूचीकृत, कति छ ओपनिङ रेन्ज ?

२९ असार, २०७९

नेप्सेमा दोर्दी खोला जलविद्युतकोे आइपीओ सूचीकृत, कति छ ओपनिङ रेन्ज ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बुधबार) दोर्दी खोला जलविद्युत कम्पनीकोे आइपीओ सूचीकृत भएको छ । नेप्सेमा बुधबार कम्पनीको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीको आईपीओलाई पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम १०२.३९ रुपैयाँदेखि अधिकतममा ३०७.१७ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। अब बिहीबार (असार ३० गते) बाट कम्पनीको सेयर कारोबार खुल्ने छ । नेप्सेले कम्पनीको ‘डीओआरडीआई’ कारोबार संकेत प्रदान गरेको छ।