७ मंसिर, २०८१ शुक्रबार

04:58:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

४।१२ को नीति परिवर्तन नभए लाखौं लगानीकर्ताहरु सडकमा आइपुग्छन्ः गगन थापा

२९ असार, २०७९

 ४।१२ को नीति परिवर्तन नभए लाखौं लगानीकर्ताहरु सडकमा आइपुग्छन्ः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी आर्थिक मौद्रिक नीति अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउनुपर्ने सुझाव दिनुभएको छ । आज (बुधबार) संसदमा आफ्नो धारणा राख्दै थापाले अर्थतन्त्रलाई चलायमान हुने गरी मौद्रिक नीति आउनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ , 'आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलयमान हुने गरी ल्याउनुपर्छ। तरलतालाई अभाव, चुलिँदो व्यापार घाटा, घट्दो वैदेशिक मुद्रा सञ्चिति, आकाशिदो मूल्यवृद्धि र मागमा संकुचन यी चुनौतीलाई सामना गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्छ ।'

साथै उहाँले सेयर धितो कर्जामा लागू गरिएको ४।१२ को नीति परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।  'सेयर बजारमा सुधार गर्ने भनेर ४।१२ को नीति ल्यायो। यसले ठूलोलाई पोस्ने सानोलाई कस्ने काम भएको छ, थापाले भन्नुभयो,  'राष्ट्र बैंकले जे सोचेको भए पनि अपेक्षा गरेको परिणाम नआएपछि यसलाई सच्याइनुपर्छ। यसलाई सच्याइएन हटाइएन बन्द गरिएन भने लाखौं सेयरमा लगानी गरेका साना लगानीकर्ताहरु सडकमा आइपुग्छन्।'

आफ्नो सुझाव गभर्नर महाप्रसाद अधिकारीलाई भएको उल्लेख गर्दै थापाले भन्नुभएको छ, मैले गरेको यो सबै अनुरोध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो । नेकपा एमालेको अर्थ योजना विभागका मिस्टर एम अधिकारीले मलाई भनेको हो कि भनेर बुझ्नु भएमा क्षमा चाहन्छु ।