२७ बैशाख, २०८१ बिहिबार

12:52:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लाभांश वितरण प्रस्ताव पारितसहित लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा सम्पन्न

२९ असार, २०७९

लाभांश वितरण प्रस्ताव पारितसहित लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा सम्पन्न

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको १७ औं वार्षिक साधारणसभा आज (असार २९ गते बुधबार) बिहान अमृतभोग क्याटरिङ कालिकास्थान डिल्लीबजारमा सम्पन्न भएको हो ।

सभाले कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साथै सभाले कम्पनीले अन्य कुनै पनि कम्पनीलाई प्राप्ति गर्ने वा एक आपसमा गाभ्ने गाभिने प्रयोजनका लागि उपयुक्त कम्पनीको पहिचान र छनोट गर्ने समझदारीपत्रमा हस्ताक्षर लगायतका सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ।