७ मंसिर, २०८१ शुक्रबार

05:08:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेप्सेमा थप २ वटा कम्पनीको कारोबार रोक्का

२९ असार, २०७९

नेप्सेमा थप २ वटा कम्पनीको कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप २ बीमा कम्पनीको कारोबार रोक्का भएको छ । नेप्समा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार रोक्का भएको हो ।

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडबीच आज (असार २९ गते, बुधबार) बिहान एक आपसमा गाभ्ने गाभिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

कम्पनीहरूले एक आपसमा गाभ्ने गाभिने प्रयोजनका लागि आ–आफ्नो कम्पनीहरुको कारोबार रोक्का राख्नका लागि नेप्सेमा निवेदन दिएका हुनाले आज (असार २९ गते, बुधबार) देखि लागू हुने गरी यी दुई कम्पनीहरुको कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।