१५ बैशाख, २०८१ शनिबार

10:12:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेञ्चुरी बैंक र मोकोबीच डिजिटल वालेट सम्बन्धी सम्झौता

Nepal Business

२९ असार, २०७९

सेञ्चुरी  बैंक र मोकोबीच डिजिटल वालेट सम्बन्धी सम्झौता

काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले क्वीआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने सुविधासहित डिजिटल वालेट सम्बन्धी सम्झौता भएको छ । 

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरुले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्वीआरहरुमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको हो । 

यस सम्झौता पश्चात सेञ्चुरी बैंकका डेबिट कार्ड लगायत क्रेडिट कार्डवाहकहरुले सम्बन्धित कार्डको शर्त बन्देज तथा सुविधाको अधिनमा रहि क्वीआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने हुदाँ ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेछ ।

मोको डिजिटल वालेटमा कार्डहरु लोड गरिसकेपछि विभिन्न प्रयोजनको लागि भौतिक कार्डको समेत आवश्यकता पर्ने छैन । क्रेडिट कार्डवाहकहरुले समेत क्वीआर स्क्यान गर्न मिल्ने सुविधा नेपालमा एउटा नयाँ सुरुवात हुनेछ ।

उक्त सम्झौतापत्रमा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसीले हस्ताक्षर गर्नुभयो । 

बैंकले १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।