१७ बैशाख, २०८१ सोमबार

07:25:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दयाहाङ्ग इसेवाको ब्राण्ड हिरो

Nepal Business

१५ माघ, २०७९

यसअघि राजेश हमाल पनि ब्राण्ड एम्बेसेडरका रुपमा इसेवा मनी ट्रान्सफर संग आवद्ध रहेका थिए ।

दयाहाङ्ग इसेवाको ब्राण्ड हिरो

विश्वका दुईसय भन्दा धेरै मुलुकबाट रेमिट्यान्स्  भित्राउँदै आएको नेपालको सबै भन्दा ठुलो डिजिटल  रेमिट्यान्स् कम्पनी इसेवा मनी ट्रान्सफरले कलाकार दयाहाङ्ग राइलाई ब्राण्ड हिरोको रुपमा आवद्ध गरेको छ । 

राइ इसेवा मनी ट्रान्सफरका युएईमा लगायत संसारका अन्य मुलुकमा रहेका साझेदारहरु संग मिलेर सम्पन्न हुने विभिन्न “मेरो डिजिटल देश“ अभियानका विभिन्न किसिमका प्रचार–प्रसार मुलक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने इसेवा मनी ट्रान्सफरले जनाएको छ । 

यसअघि  राजेश हमाल पनि ब्राण्ड एम्बेसेडरका रुपमा इसेवा मनी ट्रान्सफर संग आवद्ध रहेका थिए।

राइ इसेवा मनी ट्रान्सफरका युएईमा लगायत संसारका अन्य मुलुकमा रहेका साझेदारहरु संग मिलेर सम्पन्न हुने विभिन्न “मेरो डिजिटल देश“ अभियानका विभिन्न किसिमका प्रचार–प्रसार मुलक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने इसेवा मनी ट्रान्सफरले जनाएको छ । 

यस अवसरमा कलाकार राइले भने, “इसेवा मनी ट्रान्सफर जस्तो छोटो समयमा नै प्रगतिको शिखर चुम्न सफल रेमिट्यान्स कम्पनीसंग आवद्ध हुन पाउँदा म एकदमै खुशी र साथमा उत्साहित पनि छु। 

विदेश  गएर काम गर्दै आउनुभएका दाजुभाई–दिदीबहिनी संग भेट्न पनि म आतुर छु, यसले मलाई एक नेपालीको रुपमा वैधानिक माध्यमबाट मुलुकमा रेमिट्यान्स भित्राएर देशको अर्थतन्त्रलाई उजागर गर्न थप जिम्मेवारी बोध गराएको छ“।