२७ बैशाख, २०८१ बिहिबार

03:41:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सानिमा लाइफ र रिलायन्स लाइफ इन्योरेन्सबीच मर्जर सम्झौता

२९ असार, २०७९

सानिमा लाइफ र रिलायन्स लाइफ इन्योरेन्सबीच मर्जर सम्झौता

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्योरेन्स कम्पनीबीच मर्जर सम्झौता भएको छ ।  काठमाडौंको होटल मेरियटमा आयोजित कार्यक्रमका बीचमा आज (बुधबार) बिहान दुवै कम्पनीका अध्यक्षहरुले मर्जरमा जाने प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सानिमा लाइफ इन्स्योरे कम्पनीका तर्फबाट सञ्चालक धनश्याम थापा र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक भरत कुमार तोदीले उक्त सम्झौता  पत्रमा हस्ताक्षर गर्नुभएको हो । मर्जरमा जान स्वाप रेसियो डीडीएपछि मात्रै तय हुने कम्पनीहरुले जानकारी दिएका छन् ।

हाल सानिमाको चुक्तापुँजी २ अर्ब ८  करोड रुपैयाँ र रिलायन्सको २ अर्ब १० करोड रुपैयाँ रहेको छ। दुवै कम्पनी १ः१ को अनुपातमा मर्ज भएमा चुक्तापुँजी ४ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।