१४ बैशाख, २०८१ शुक्रबार

04:23:26 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जफत सवारी साधन लिलाम बिक्री गर्दै कर्णालीको भौतिक मन्त्रालय

Nepal Business

२८ असार, २०७९

जफत भएका सवारी साधनको व्यवस्थापनका लागि ‘कसुरजन्य सम्पत्ति तथा साधन ९रोक्का, नियन्त्रण र जफत० ऐन, २०७०’ बमोजिमको प्रक्रिया अविलम्ब अगाडि बढाउने निर्णय गरिएको भौतिक मन्त्रालयका सचिव प्रेमदत्त भट्ट जानकारी दिनुभयो ।

जफत सवारी साधन लिलाम बिक्री गर्दै कर्णालीको भौतिक मन्त्रालय

कर्णाली,
कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जफत भएका सवारी साधन लिलाम बिक्री गर्ने निर्णय गरेको छ ।

भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाको अध्यक्षतामा मंगलबार बसेको बैठकले लिलाम बिक्री गर्ने निर्णय गरेको हो ।  

भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाको अध्यक्षतामा मंगलबार बसेको बैठकले लिलाम बिक्री गर्ने निर्णय गरेको हो । 

जफत भएका सवारी साधनको व्यवस्थापनका लागि ‘कसुरजन्य सम्पत्ति तथा साधन ९रोक्का, नियन्त्रण र जफत० ऐन, २०७०’ बमोजिमको प्रक्रिया अविलम्ब अगाडि बढाउने निर्णय गरिएको भौतिक मन्त्रालयका सचिव प्रेमदत्त भट्ट जानकारी दिनुभयो । 

प्रदेश यातायात कानुन तत्काल बनिनसकेकाले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा गठित उपसमितिले पेस गरेको प्रतिवेदनका आधारमा सरोकारवालाहरूलाई सहभागी गराई यथाशीघ्र भाडादर निर्धारण÷कायम÷समायोजनका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई लेखी पठाउने निर्णय भएको उहाँले बताउनुभयो । 

सचिव भट्टका अनुसार प्रदेशमा सञ्चालित अटो रिक्साको व्यवस्थापनका निम्ति यातायात व्यवस्था कार्यालय सुर्खेत वा सम्बन्धित स्थानीय तहमा दर्ता भएका अटो रिक्साको विवरण प्रदेश ट्राफिक कार्यालयलाई उपलब्ध गराउने र प्रदेश ट्राफिक कार्यालयले सोको उचित व्यवस्थापन गर्ने, गराउने समेत बैठकले निर्णय गरेको छ ।