८ जेठ, २०८१ मंगलबार

06:41:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कार्यकारी निर्देशक दाहालको राजीनामा स्वीकृत

२७ पुस, २०७८

कार्यकारी निर्देशक दाहालको राजीनामा स्वीकृत

काठमाण्डौं

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिनु भएको राजीनामा स्वीकृत भएको छ ।  उहाँले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाउनु भएको हो ।

उहाँको राजीनामा स्वीकृत भएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कार्यकारी निर्देशक दाहालले राजीनामा दिनुभएको थियो, उहाँको राजीनामा स्वीकृत भएको छ ।’

दाहाल नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा बतास समूहलाई रेष्टुरेन्ट सञ्चालनका लागि ठेक्का दिएको प्रकरणमा विवादमा मुछिएका थिए । छानबिन समितिले मिलेमतोमा सम्झौता भएको प्रतिवेदन बुझाएसँगै दाहालले राजीनामा बुझाउनु भएको थियो ।

जग्गा भाडा दिएको विषय विवादित बनेपछि मन्त्री आलेको निर्देशनमा छानबिन समिति बनेको थियो । समितिले पुस २६ गते मन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो ।

रासस