७ मंसिर, २०८१ शुक्रबार
09:03:48 PM
२८ असार, २०७९
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले असार २४ गतेदेखि निष्काशन गरेको आईपीओमा १२ लाख भन्दा बढीको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा १२ लाख ११ हजार ६८९ वटा आवेदनबाट १ अर्ब ३८ करोड ७७ लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड ३८ लाख ७७ हजार ८९० कित्ता सेयरको लागि आवेदन परेको हो ।यो सर्वसाधारणलाई छुट्टाएको भन्दा ९.९४ गुणा बढी हो ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १३ लाख ९५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा भोली असार २९ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो सेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।